हाइलाइफ फुडमा हाथवे र बिग इण्डष्ट्रिज साझेदार – Nepal Press

हाइलाइफ फुडमा हाथवे र बिग इण्डष्ट्रिज साझेदार

रुपन्देही । एफएमसीजीको क्षेत्रमा परिचित ब्राण्ड हाइलाइफ फुडमा हाथवे इन्भेष्टमेन्ट समूह र बिग इण्डष्ट्रिज रणनीतिक साझेदारको रूपमा प्रवेश गरेका छन् । हाइलाइफका संस्थापक तुलसी घिमिरेका अनुसार सोमबार तीनवटा समूहबीच साझेदारीमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा हाइलाइफ फुडका प्रवन्ध निर्देशक प्रशान्त घिमिरे, बिग इण्डष्ट्रिजको तर्फबाट अम्बिकाप्रसाद पौडेल र हाथवेको तर्फबाट योगेश्वर शर्मा ढकालले हस्ताक्षर गरेका छन् । हाथवे र बिग इण्डष्ट्रिजको रणनीतिक साझेदारीले हाइलाइफ फुडले एफएमसीजीमा थप लगानी गर्नेछ ।

हस्ताक्षर कार्यक्रममा हाथवेका योगेश्वर शर्मा ढकालले खानाबाट चिनिएको ब्राण्डसँग साझेदारी गर्न पाउदा आफूहरूलाई खुसी लागेको बताए ।

बिग इण्डष्ट्रिजका अम्बिकाप्रसाद पौडेलले हाइलाइफसँग साझेदारीले कृषि उत्पादन बढाउन सहयोगी हुने बताए । ‘वित्तीय क्षेत्रमा काम गरेको हाथवे,कृषिमा काम गर्ने बिग इण्डष्ट्रिज र कृषिमा आधारित उद्योग चलाएको हाइलाइफले आयात प्रतिस्थापनमा केही भएपनि काम गर्ने छ,’ पौडेलले भने । निकट भविष्यमा हाइलाइफ फुड पब्लिक लिमिटेड कम्पनीमा परिणत भएर सर्वसाधारणलाई सेयर निष्कासनसमेत
गर्ने उनले जानकारी दिए ।

हाइलाइफ फुडका प्रवन्ध निर्देशक प्रशान्त घिमिरेले आफूहरूले रोपेको बीउ हाथवे र बिग इण्डष्ट्रिजको प्रवेशले ठूलो हुने भएको
बताए ।

‘पारिवारिक रुपमा चलेको कम्पनी अब कर्पोरेट कल्चरमा चल्ने छ, अब वास्तविक काम सुरू भएको छ, हामीले जानेको ज्ञानमा हाथवे र बिग इण्डष्ट्रिजको विज्ञता थपिने छ, कम्पनी अब नयाँ ढंगको ऊर्जा लिएर अगाडि बढ्ने छ,’ घिमिरेले भने ।

त्रिपक्षीय साझेदारीपछि हाइलाइफमा तीन सदस्य विशेष समितिसमिति गठन भएको छ । विशेष समितिको संयोजकमा अम्बिकाप्रसाद पौडेल तथा सदस्यमा प्रशान्त घिमिरे र सन्दीप शाह चयन भएका छन् ।

हस्ताक्षर समारोहमा हाइलाइफ फुडका संस्थापक अध्यक्ष तुलसी घिमिरे, सञ्चालकहरू नगेन्द्र घिमिरे, पंकज ज्ञवाली, लक्ष्मण घिमिरे, वासुदेव भुसाल र हाथवे इन्भेष्टमेन्ट समूह र बिग इण्डष्ट्रिजको तर्फबाट लगानीकर्ता तथा सञ्चालकको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *