दूरसञ्चार प्राधिकरणले एनसेललाई माग्यो सेवा अवरुद्ध हुनुको कारण – Nepal Press

दूरसञ्चार प्राधिकरणले एनसेललाई माग्यो सेवा अवरुद्ध हुनुको कारण

काठमाडौं । आज बिहान केही घण्टा एनसेलको सेवा अवरुद्ध भएको थियो । तर सेवा अवरुद्ध हुँदा एनसेलले सेवाग्राही र दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) लाई कुनै जनकारी दिएको थिएन ।

सकेसम्म एनसेलले आफ्नो सेवा अवरुद्ध भएको सार्वजनिक गर्न चाहेको छैन । अहिलेसम्म एनसेलले आफ्नो सेवा केही घण्टा बन्द भएकोबारे आधिकारिक कुनै धारण सार्वजनिक गरेको छैन । अहिले पुनः सेवा सञ्चालनमा आएपछि एनसेलले सेवा अवरुद्ध हुनुको कारणबारे खुलाएको छैन भने सेवाग्राहीसँग क्षमा समेत मागेको छैन ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले एनसेललाई के कारणले सेवा अवरुद्ध भएको हो जानकारी गराउन निर्देशन दिएको छ ।

एनटीएका निर्देशक अर्जुन घिमिरेले एनसेललाई के कारणले सेवा अवरुद्ध भएको हो जानकारी गराउनका लागि भनेको बताए । उनले भने, ‘के कारणले एनसेलको सेवा रोकिएको हो त्यो जानकरी गराउन भनेका छौं । भोलि वा केही दिनमा एनसेलले जानकरी दिने छ ।’

कुनै जानकरी बिना सेवा रोकिएको एनसेललाई के कारबाही हुन्छ भनी नेपाल प्रेसले गरेको प्रश्नमा घिमिरेले प्राविधिक कारणले सेवा अवरुद्ध भएको भए के कारबाही हुनु भनेर उत्तर दिए ।

एनसेलको मिडिया प्रमुख बिशाखा खड्काले एनसेलको सेवा ४५ मिनेटदेखि १ घन्टासम्म सेवा अवरुद्ध भएको बताइन् । उनले भनिन्, ‘हाम्रो सेवा कतै तार काटिएर बन्द भएको हो । बन्द भएको १ घन्टामा सेवा पुनः सुचारु भएको थियो । सेवा के कारणले बन्द भएको हो भन्ने कुरा एनटीएलाई जानकारी गराएने छौं ।’

बाटो निर्माणको क्रममा कहाँ तर काटियो भनेर एनसेललाई समेत जानकारी छैन । आज बिहान एनसेलको कुनै नम्बरमा कल नलाग्ने, एसएमएस नजाने र एनसेलको एप समेत चलेको थिएन । एनसेलको नेटर्वक र एप नै बन्द भएपछि सेवाग्राहीहरूलाई समस्या परेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *