डा. भगवान कोइरालाको एउटै किताबको मूल्य २५ हजार – Nepal Press

डा. भगवान कोइरालाको एउटै किताबको मूल्य २५ हजार

काठमाडौं । डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को एकै कपीलाई २५ हजार पर्ने भएको छ ।

डा. कोइरालाको पहलमा बन्न लागेको शिशिष्टीकृत अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को निर्माणमा सहयोगस्वरूप २५ हजार मूल्यको २५ सय कपी प्रकाशन गरिएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।

आउँदो भदौ २५ गते लोकार्पण हुने पुस्तकको विशेष संस्करणको पूरै रकम लागत नकटाइ सीधै अस्पताललाई जाने फाइनप्रिन्टले आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ ।

‘नवीनता र गुणात्मकताका दृष्टिले कोइरालाको पुस्तक ‘हृदय’ नेपाली प्रकाशनको इतिहासमा एउटा कोसेढुङ्गा सावित हुनेछ ।’

विशेष संस्करण निस्किएको एक सातापछि बजारमा उपलब्ध हुने पुस्तकको नियमित संस्करण भने अंकित मूल्य ५७५ मै पाठकका लागि उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *