पाकिस्तानमाथि भारतको रोमाञ्चक जित – Nepal Press

पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत लिग चरणको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको छ ।  पाकिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । भारतलाई अन्तिम ४ ओभरमा ४१ रन आवश्यक रहेका बेला रविन्द्र जडेजा र हार्दिक  पान्ड्याले शानदार प्रदर्शन गरे।

भारतले १९ औँ ओभरमा १४ रन जोडेको थियो । भारतको पालीमा जडेजा र विराट कोहलीले समान ३५ रन जोडे । पाण्ड्या ३३ रनमा अविजित रहे । अन्तिम ओभरमा ७ रन आवश्यक रहेका बेला पाण्ड्याले चौथो बलमा छक्का प्रहार गर्दै टोलीलाई रोमान्चक जित दिलाएका हुन् ।

त्यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको पाकिस्तानले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ४७ रन जोड्यो । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमदले २८ रन बनाए । तल्लोक्रमका सहनवाज दहानीले १६ र हरिस रौफले १३ रनको महत्वपूर्ण पाली खेले ।

बाबर आजम र फखर जमानले समान १० रन जोडे । भारतका भुवनेश्वर कुमारले चार र हार्दिक पाण्ड्याले तीन विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर