पाकिस्तानले भारतलाई दियो १४८ रनको लक्ष्य – Nepal Press

पाकिस्तानले भारतलाई दियो १४८ रनको लक्ष्य

नयाँ दिल्ली । एसिया कप क्रिकेटअन्तर्गत लिग चरणको खेलमा पाकिस्तानले भारतलाई १४८ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको पाकिस्तानले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ४७ रन जोड्यो । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमदले २८ रन बनाए । तल्लोक्रमका सहनवाज दहानीले १६ र हरिस रौफले १३ रनको महत्वपूर्ण पाली खेले ।

बाबर आजम र फखर जमानले समान १० रन जोडे । भारतका भुवनेश्वर कुमारले चार र हार्दिक पाण्ड्याले तीन विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर