अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टिमको व्यावस्थापक नियुक्त – Nepal Press

अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टिमको व्यावस्थापक नियुक्त

काठमाडौं । अनिल श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टिमको व्यावस्थापक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ(एन्फ)का महासचिव किरण राईले आइतबार उनलाई नियुक्ती पत्र हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठले पहिले पनि ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबमा व्यावस्थापकको भुमिका निभाइसकेका छन् । उनी मच्छिन्द्रको उपाध्यक्ष समेत रहेका छन् ।
उनले राष्ट्रिय टिमको जिम्मेवारी पाउँदा खुशी लागेको साथै आफुलाई यो जिम्मेवारी केही हदसम्म चुनौतीपूर्ण रहने बताएका छन् ।

‘राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न पाउँदा खुशी छु । मैले यसअघि क्लब स्तरमा व्यावस्थापकको भुमिका निभाइसकेको छु । राष्ट्रिय टिमको व्यावस्थापक हुनुले छुट्टै महत्व राख्छ । मलाई थाहा छ यो जिम्मेवारी चुनौतीपूर्ण छ । तर म आफ्नो तर्फबाट शत प्रतिशत दिनेछु,’ उनले भने ।

उनले असोज ११ गते दशरथ रंगाशालामा आयोेजना हुने बंगलादेशसंगको मैत्रीपूर्ण खेलका लागि यो जिम्मेवारी पाएका हुन् ।

यसअघि ४ वर्ष मधुसुधन उपाध्यायले नेपाली टिमको व्यावस्थापको जिम्मेवारी सम्हालेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर