यू–१७ साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा, को-को परे ? – Nepal Press

यू–१७ साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा, को-को परे ?

काठमाडौं । श्रृलंकामा भदौ २० देखि २९ गतेसम्म आयोजना युने साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा भएको छ ।

आईतबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यू–१७ साफ खेल्ने खेलाडीहरुको अन्तिम नामावली सार्वजानिक गरेका हुन् ।

प्रतियोगिताका लागि नेपाल भारत र भुटानसँगै समूह‘बी’मा रहेको छ । समूह‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । हरेका समूहका शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

पहिलो खेल नेपालले भदौ २२ गते भुटानसँग खेल्नेछ भने दोस्रो खेल २४ गते भारतसँग खेल्नेछ ।

नेपाली टिमः

गोलकिपरः क्रिसल मोक्तान, समिर चन्द, रुविन बोगटी

डिफेन्डरः अस्विन घोरासैनी, सेमन्त थापा, यूनेस बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, यूनिस मगर, विक्रम तामाङ, प्र्रितम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्सम, मिराक लिङदेन, सरोज दर्लामी, हरिश राज भट्ट, लछ्छु थापा

फरवार्डः निरज कार्की, धन सिंह विक, विनोद केसी, समर तामाङ, सिजल राई, सुवास बम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर