नेपालले केन्यालाई ४ विकेटले हरायो – Nepal Press

नेपालले केन्यालाई ४ विकेटले हरायो

काठमाडौं । टि–२० श्रृङखलाको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ।

नैरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले २० ओभरमा १ सय ५७ रनको विजयी लक्ष्य पाएको थियो ।

केन्याले दिएको उक्त लक्ष्य नेपाल १९.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएर पूरा गर्‍यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्ले सर्वाधिक ४६ रनको इनिङ खेले । उनले पभेलियन फर्किनु अगाडी ४१ बल खेल्दैै ४ चौका र १ छक्का प्रहार गरे । डेब्यूटेन्ट अर्जुन साउदले ३५ रनको योगदान गरे । उनले ३१ बलमा २ चौका र तीन छक्का प्रहार गरे । रोहित पौडेलले २९ रन जोडे । यस्तै, ओपनर पवन सर्राफ २० रनमा आउट भए । आदिल अन्सरि १६ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी ६ रन मात्र बनाउन सफल भए । आरिफ शेख ४ रनमा अविजित रहे ।

केन्याको वलिङमा भिराज पट्टेल र यूगिनि ओचिएङले समान दुई विकेट लिए । इम्मान्यूएल बुन्डी र कोलिन्स ओबुयाले समान एक विकेट लिए ।

पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । भने दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो । ५ खेलको सिरिजमा जित निकाल्न नेपालले बाँकी दुईमध्य एक खेल जित्नु पर्नेछ ।

नेपाल र केन्याबीचको चौथो खेल सोमबार र पाँचौं खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर