चालू पूँजी कर्जाको सीमा तत्काल संशोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघको माग – Nepal Press

चालू पूँजी कर्जाको सीमा तत्काल संशोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघको माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ७ गते सार्वजनिक गरेको चालू पुँजी मार्गदर्शन २०७९ का व्यवस्थाले मुलुकको उद्यम व्यवसायमा प्रतिकूल असर पर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।

उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनुपर्ने महासंघको माग छ । विज्ञप्ति निकाल्दै महासंघले उद्योगको प्रकृतिअनुसार फरक चालू पुँजी रकम आवश्यक पर्ने हुँदा २ करोड भन्दा बढी चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशतमात्र गरिनु अव्यवहारिक देखिएको ठहर गरेको छ ।

दक्षिण एशियामै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने समय बढी भएर चौतर्फी समस्या भोगिरहेको अवस्थामा २५ प्रतिशत कर्जा सीमाले व्यवसाय संचालनमा मात्र नभई उद्योगको क्षमतामा समेत गम्भीर असर पार्ने महासंघको चिन्ता छ । महासंघ पूँजी कर्जालाई ५ वर्षको आवधिक कर्जा नभई निरन्तर कर्जा नै गरिनुपर्नेमा महासंघको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *