नेप्से परिसूचक २ हजारबाट ओरालो – Nepal Press

नेप्से परिसूचक २ हजारबाट ओरालो

काठमाडौं । आज सेयर बजार ३३.३६ अंकले घटेको छ । १.६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९८९.२६ अंकमा आएको हो ।

आज २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १ सयको कारोबार भयो । २ सय २४ वटा कम्पनीका ६१ लख ४८ हजार ३ सय ४१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

राधी विद्युत कम्पनीको सेयर मूल्य आज सबै धेरै वृद्धि भएको छ । अरुण काबेली पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ सो कम्पनीको आज १० करोड ३३ लाख ६१ हजारभन्दा धेरै कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *