पिपुल्स पावरको आईपीओ बाँडफाँट, १४ लाखको हात खाली – Nepal Press

पिपुल्स पावरको आईपीओ बाँडफाँट, १४ लाखको हात खाली

काठमाडौँ । पिपुल्स पावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयले आईपीओ बाँडफाँट भएको जनाएको हो ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म आईपीओ ल्याएको थियो २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा १६ लाख ३१ हजार ३८ जनाको आवेदन दिएका थिए । सर्वसाधारणका लागि २२ लाख ९४ हजार ६ सय ८२ कित्ता आईपीओ निष्कासन भएको थियो । आवेदक मध्ये २ लाख २९ हजार ४ सय ६६ जनाले १०÷१० कित्ता र २ जनाले ११÷११ कित्ता पाएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *