नेपाल र केन्या भिड्दै – Nepal Press

नेपाल र केन्या भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्यासँग तेस्रो टी-२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । केन्याको नैरोबीस्थित जिमखाना मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरू हुनेछ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ ।

पाँच खेलको सिरिजमा नेपाल र केन्या १-१ को अवस्थामा रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने केन्या विजयी भएको थियो।

दोस्रो खेलमा नेपालले खराब ब्याटिङ गर्दा हार बेहोर्नु परेको थियो। नेपाल र केन्याबीच चौंथो टी-२० भदौ १३ गते र पाँचौ तथा अन्तिम टी(ट्वान्टी भदौ १४ गते हुनेछ ।

टी-२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर