केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, बसिरको टी-२० डेब्यू – Nepal Press

केन्याविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, बसिरको टी-२० डेब्यू

काठमाडौं । केन्याविरुद्धको दोस्रो टी-२० खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।
आजको खेलमा नेपालका लागि बसिर अहमदले टी-२० डेब्यू गरेका छन् ।

पाँच खेलको सिरिजमा नेपालले केन्यासँगको पहिलो खेल ५ विकेटले जितेको थियो । आजको खेलमा लगातार जित लक्ष्यसहित नेपाल मैदान उत्रिनेछ ।

नौरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेलमा नेपालले विवेक यादवलाई बेज्चमा राख्दै बसिरलाई अवसर दिएको छ ।

बसिरसहित कप्तान सन्दीप लामिछाने, मोहमद आदिल अलाम, आरिफ शेख, आसिफ शेख, दिपेन्द्रसिंह एरि, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, पवन सर्राफलाई नेपालले मैदानमा उतारेको छ ।

तेस्रो खेलमा नेपालले आइतबार केन्यासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर