दोस्रो टी-२० खेलमा केन्याको सामना गर्दै नेपाल, लगातार जित लक्ष्य – Nepal Press

दोस्रो टी-२० खेलमा केन्याको सामना गर्दै नेपाल, लगातार जित लक्ष्य

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय श्रृङखलाको दोस्रो खेलमा नेपालले आज केन्याको सामना गर्दैछ ।नौरबी स्थित जिमखाना क्रिकेट मैदानमा पौने ४ बजे सुरु हुने खेलका लागि नेपाली टिम लगातार जित लक्ष्यसहित मैदान उत्रिदै छ ।

पहिलो खेलमा घरेलु टिमविरुद्ध ५ विकेटको जित निकालेको नेपालली टिममा आजको खेलमा केहि परिवर्तनको पनि सम्भावना रहेको छ ।
केन्या भ्रमणमा रहेको नेपालले ५ खेलको टी–२० अन्र्तराष्ट्रिय र तीन खेलको एकदिवसिय खेल खेल्नेछ ।

तेस्रो खेल नेपालले भदौ १२ गते आइैतबार खेल्नेछ ।यस्तै, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ । यसपछी नेपालले एकदिवसीय खेल खेल्नेछ ।

नेपाली टिमः सन्दीप लामिछाने९कप्तान०, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, सोमपाल कामी, करण केसी, आदिल अलाम, साहव आलम, बसिर अहमद, अर्जुन साउद, किसोर महत्तो, विवेक यादव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर