बायर्न र बार्सिलोना च्याम्पियन्स लिगको एकै समूहमा, को कुन समूहमा परे ? – Nepal Press

बायर्न र बार्सिलोना च्याम्पियन्स लिगको एकै समूहमा, को कुन समूहमा परे ?

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगमा एकै समूहमा परेका छन् ।

बिहिबार राती टर्कीको स्तानबुलमन भएको च्याम्पियन्स लिग सिजन २०२२/२३ को ड्रमा बायर्न र बार्सिलोना समूह‘सी’ मा परेका हुन् । यसै समूहमा इन्टर मिलान र प्लिजेन रहेका छन् ।

गत सिजनको च्याम्पियन रियाल मड्रिड समूह‘एफ’ मा परेको छ । उक्त समूहमा आरबी लाईप्जिग, साख्तार डोनोस्क र सेल्टीक रहेका छन् ।

यस्तै, समूह‘ए’ मा आयाक्स, लिभरपुल, नापोली र रेन्जसै छन् । समूह‘बी’मा पोर्टो, एट्लेटिको मड्रिड, बायर लेधरकुसन र क्लब बु्रज रहेका छन् ।

समूह सी मा आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनह्याम हट्सपर, स्पोर्टिङ लिस्बन र मार्से परेका छन् । समूह इ मा एसी मिलान, चेल्सी, आरबी साल्जवर्ग, डिनामो जाग्रेब छन् ।

प्रिमिय लिग च्याम्पियन म्यान्चेस्टर युनाइटेड, सेभिया, बुरोसिया डर्टमन्ड र कोपनहेगन समूह जीमा छन् ।
च्याम्पियनन्स लिग ड्रको अन्तिम समूह एच मा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी), युभेन्टस, वेनफिका र मक्कावी हाइफ रहेका छन्् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर