अल्फाबिटामा बालेनको एक्सनपछि डराए व्यवसायी, सूचना राख्दै पार्किङ खाली गर्न थाले – Nepal Press

अल्फाबिटामा बालेनको एक्सनपछि डराए व्यवसायी, सूचना राख्दै पार्किङ खाली गर्न थाले

काठमाडौं । काठमाडौं उपत्यकामा पार्किङको लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा प्रयोग भएका भवनहरुले पार्किङ निर्माण गर्न लागेको सूचना टाँस गर्न थालेका छन् । आज काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले नयाँ बानेश्वमा रहेको अल्फाबिटाको अस्थाइ संरचना आफै बसेर भत्काएका थिए ।

अहिले काठमाडौंको बानेश्वरमा रहेको युएफओ भएको भवनले काठमाडौं महानगरको सूचनालाई अनुसरण गर्दै अण्डरग्राउण्ड पार्किङ मर्मत भइरहेको बताएको छ । सो भवनमा मन्जुश्री फाईनान्स र एनसीसी बैंक रहेको छ ।

‘महानगरको सूचनालाई अनुसरण गर्दै अण्डर ग्राउन पार्किङ मर्मत भहिरहेको छ,’ सूचनामा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अवैधरुपमा बनेका संरचनाहरु हटाउन एक्सनमा उत्रिएका छन् । महानगरभित्रका व्यापारिक भवनमा आफैं पुगेर उनले एक्सन लिन थालेपछि सामाजिक सञ्जालमा निकै सह्राहना भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *