फेरियो ज्ञानेन्द्र मल्लको जर्सी नम्बर – Nepal Press

फेरियो ज्ञानेन्द्र मल्लको जर्सी नम्बर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको जर्सी नम्बर फेरिएको छ ।

केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा ज्ञानेन्द्र २२ नम्बर जर्सी लगाएर खेलिरहेका छन् । यसअघि उनी ११ नम्बरको जर्सी लगाएर राष्ट्रिय टोलीबाट खेल्ने गर्थे ।

मल्लको जर्सी नम्बर परिवर्तनबारे केही बाहिर आएको छैन । उनको जर्सी नम्बरमा अन्य कुनै खेलाडीले खेलेको पनि छैन । मल्ल लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर