बालेनले व्यवसायीलाई आतंकित बनाएको उवासंघ काठमाडौंको ठहर, क्षतिपूर्ति माग्ने निर्णय – Nepal Press

बालेनले व्यवसायीलाई आतंकित बनाएको उवासंघ काठमाडौंको ठहर, क्षतिपूर्ति माग्ने निर्णय

काठमाडौं । काठमाडौंमा बनाइएका अवैध संरचना र बेसमेन्ट भत्काउन थालेपछि व्यवसायीहरूको छाता संगठन उद्योग वाणिज्य संघको आकस्मिक बैठक बसेको छ ।

आज बसेको वाणिज्य संघ काठमाडौंको बैठकले काठमाडौं महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले कर तिरेका व्यवसायीलाई महानगरले आतंकित गरेको आरोप लगाए ।

‘व्यवसायीहरू बालेनलाई नै भेटेर क्षतिपूर्ति माग्ने निर्णय भएको छ’, श्रेष्ठले नेपाल प्रेससँग भने ।

३५ दिने सूचना जारी गरेको भएपनि व्यक्तिलाई जानकारी नदिएको व्यवसायीको जिकिर छ । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौंका मेयर बालेन्द्र साह आफैं मैदानमा खटिएका छन् । मेयर साहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको व्यवसायीको आरोप छ ।

प्रतिक्रिया

One thought on “बालेनले व्यवसायीलाई आतंकित बनाएको उवासंघ काठमाडौंको ठहर, क्षतिपूर्ति माग्ने निर्णय

  1. अवैध बनाउने तिमीहरू तिर्ने अरूले ? गैर काम गर्ने ठगहरूलाई कानूनले मिल्ने भए थुनिदिए हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *