अब बिमा अभिकर्ता बन्न परीक्षा पास गर्नुपर्ने, पुराना अभिकर्ताको के हुन्छ ? – Nepal Press

अब बिमा अभिकर्ता बन्न परीक्षा पास गर्नुपर्ने, पुराना अभिकर्ताको के हुन्छ ?

काठमाडौं । अबदेखि बिमा कम्पनीको अभिकर्ता बन्न परीक्षा दिनुपर्ने भएको छ । बिमा कम्पनीमा अभिकर्ताकै विश्वास गर्दा विकृति भित्रिएको भन्दै बिमा समितिले परीक्षा पास गरेकालाई मात्र अभिकर्ताको अनुमति दिने गरी तयारी गरेको छ ।

अधिकांश बीमा कम्पनीहरूले तालिम नदिई इजाजत पत्रको लागि बीमा समितिमा सिफारिश गर्ने र उनीहरूबाट बीमा प्रस्ताव स्वीकार गर्ने गरेको गुनासो आएपछि समितिले त्यसमा लगाम लगाउन खोजेको समितिका एक अधिकारीले बताए ।

बिमा अभिकर्ताका प्रस्ताव क्रस चेक नगरी स्वीकार गर्दा बिमामा उनीहरुकै मिलेमतोमा विकृति मौलाउन थालेको गुनासो बढेपछि नियन्त्रण गर्न खोजिएको समितिले जनाएको छ । एजेन्टको परिक्षा अनलाइनबाटै लिने गरी समितिले अहिले सफ्टवेयर तयार गरिरहेको जनाएको छ ।

बिमा तालिम केन्द्रबाट तालिम दिने वा बिमा कम्पनीहरु आफैंलाई दिने भन्ने विषयमा छलफल भइरहेको समितिको भनाइ छ । अहिले देशभर करिब ५ लाख अभिकर्ता रहेको बिमा समितिको भनाइ छ । तर तिनमा डेढ लाख जति सक्रिय रहेका छन् ।

पुराना अभिकर्ताको भने नविकरणको समयमा पुनर्ताजकिककरण तालिम लिनुपर्ने गरी व्यवस्था गर्न लागेको समितिको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *