साओमी १२ लाइट नेपाली बजारमा – Nepal Press

साओमी १२ लाइट नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । हरेक व्यक्तिको छुट्टाछुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गरेर साओमी १२ लाइट डिजाइन गरिएको हो । सेट चलाउँदा एउटा छुट्टै लक्जरियस अनुभूति हुन्छ ।

लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भइरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय-समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौं । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभूतपूर्व अनुभव लिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।’

फ्यासन फर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन

७.२९ एमएमको मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो, गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । प्रिमियम एस्थेटिकको लागि यसको पछाडिपट्टिको भागमा युनिफाइड म्याट कलर ग्रेडिएन्त फिनिश दिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्छन् ।

कभर शट लिन स्टुडियो लेभलको क्यामरा

यसमा भएको तीन-तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाई डेफिनिसन तस्वीर लिन सकिन्छ । त्यस्तै यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आई ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ ।

त्यस्तै अगाडि भएको ३२ एमपीको क्यामरामा जडित जीडी २ सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फी खिच्न सकिन्छ । साथै दुईवटा सफ्ट एलईडी सेल्फी ग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेटसहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक एआई र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *