नबिलले ल्यायो १० गुणा प्रतिफल दिने नबिल ढुक्क मुद्दती खाता – Nepal Press

नबिलले ल्यायो १० गुणा प्रतिफल दिने नबिल ढुक्क मुद्दती खाता

काठमाडौं । नबिल बैंकले निक्षेपमा १० गुणासम्म प्रतिफल दिने गरी नबिल ढुक्क मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

६ वर्ष १० महिनाको मुद्दती निक्षेपमा दोब्बर हुने र २० वर्ष ११ महिनामा १० गुणा प्रतिफल दिने गरी नबिल ढुक्क मुद्दती खाता सार्वजनिक गरिएको हो । अहिले बैंकहरुमा निक्षेप आकर्षण गर्न विभिन्न योजनाहरु सार्वजनिक भइरहेको छ ।

यसअन्तर्गत नबिलले पनि मुद्दतीमा आकर्षक योजना सार्वजनिक गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

हालै नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेपछि गत वर्षको तुलनामा चुक्ता पूँजी ६४.९२ प्रतिशतले बढेको छ । जसका कारण प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले घटेर २६ रुपैयाँ ८८ पैसामा आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *