साउनको व्यापार घाटा १ खर्ब १६ अर्ब – Nepal Press

साउनको व्यापार घाटा १ खर्ब १६ अर्ब

काठमाडौं । नेपालमा विभिन्न वस्तुको आयात प्रतिबन्धपछि नेपालको व्यापार घाटा कम भएको छ । चालू आवको पहिलो महिनामानेपालले वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ भएको छ ।

भन्सार विभागले मङ्गलवार सार्वजनिक गरेको तथ्यांक अनुसार व्यापार घाटा घटेको हो । अहिले आवको सोही अवधिको तुलनामा व्यापार घाटा करिब ११ प्रतिशतले घटेको छ ।

गत आवको पहिलो महिना नेपालको व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड व्यापार थियो । भने अहिले घटेर १ खर्ब १६ अर्ब ४७ करोड रहेको छ ।

सरकारले गाडी, विदेशी रक्सी र विलासिताको बस्तु आयात रोकेकाले व्यापार घाटा केही मात्रामा घटेको देखिन्छ ।

चालु आवको पहिलो महिना साउनमा नेपालले १ खर्ब ३१ अर्ब २८ करोड मूल्यका सामान आयात गरेको छ । यो अवधिमा नेपालले १४ अर्ब ८१ करोडको वस्तु निर्यात गरेको छ । आयात अघिल्लो वर्षको यही अवधिका तुलनामा १२.९ प्रतिशत र निर्यात २८.६८ प्रतिशतले घटेको छ ।

नेपालबाट निर्यात हुने बस्तु पनि घटेको छ । आवको पहिलो महिना १४ अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ । भने गत अबको सोही अवधिमा २० अर्ब ७६ करोडको निर्यात भएको थियो ।

चालू आवको पहिलो महिना २५ अर्ब ३ करोडको इन्धनजन्य खनिज तेल र सोमा प्रयोग हुने सामग्री आयात भएको छ । १३ अर्ब फलाम आयात भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *