दीपाकाे जन्मदिनमा दीपककाे शुभकामना सन्देशः मेरा हरेक उपलब्धिमा तिम्रै नाम कुँदिएका छन् – Nepal Press

दीपाकाे जन्मदिनमा दीपककाे शुभकामना सन्देशः मेरा हरेक उपलब्धिमा तिम्रै नाम कुँदिएका छन्

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिन । उनको जम्मदिनको अवसरमा शुभकामना दिँदै दीपकराज गिरिले लामो स्टाटस लेखेका छन् ।

दीपाश्रीसँगको ३० वर्षे सहकार्यले दीपकराजको हातमा रहेका हरेक उपलब्धिहरूमा दीपाश्रीको नाम कुंदिएको छ भन्दै भावुक स्टाटस लेखेका छन् ।

उनले आज दीपाश्रीको जन्मदिन नभई आफनो जन्मदिन जस्तो लाग्ने बताएका छन् । उनले लेखेका छन्,’

हरेक बर्ष झै आजको दिन मलाइ कसै संग शब्दहरू सापटी माग्न मन लाग्छ
किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् !
मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम कुंदिएको छ
हेर्दा हेर्दै ३० बर्ष पनि बितेछ !
तिमि धनियॉ बनेर आएकि थियौ र त
रामबिलास घर घरमा चर्चित बन्न पुगेको थियो !
टेलिभिजनको सानो पर्दा हूदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ!
म जस्तो अब्बहारिक मानिशलाइ जीबन सिकाउने तिमि थियौ
आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुशि हुने मान्छे पनि तिमि थियौ !!
समाजका तीता प्रश्नहरूको पिडालाइ झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ !!
यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र?
त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन , मेरो जस्तो लाग्छ
ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ …
आफ्नो ऑखामा ऑशुको भारी बोकेर अरूको ऑशु पुस्ने
यस्तो अनमोल साथिलाइ जन्मदिनको लाखौ शुभकामना!!!
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *