‘प्रेम गीत ३’ को ४ गीत हिन्दीमा रिलिज – Nepal Press

‘प्रेम गीत ३’ को ४ गीत हिन्दीमा रिलिज

काठमाडौं । भारतमा पनि प्रदर्शन गर्न लागिएको ‘प्रेम गीत ३’ को हिन्दीमा अडियो गीत रिलिज भएको छ ।

जी म्युजिक कम्पनीको युट्युब च्यानलमार्फत सार्वजनिक अडियोमा ४ वटा गीत समावेश छन् ।

जसमध्ये पहिलो गीत ‘कोइ ना कोइ नाता है’ मा जुबिन नौटियालले स्वर दिएका छन् । दोश्रो गीत ‘जहाँ भि जाओ ए सनम बस तु हि तु’ मा राहत फतेह अलि खानको स्वर रहेको छ । त्यस्तै, तेस्रो ‘तुम प्यार हो’ मा पलक मुचल र अन्कित तिवारीको स्वर रहेको छ भने चौथो ‘मुझमे बस जाना’ मा पलक मुचल र देव नेगिको स्वर रहेको छ ।

आगामी असोज ७ देखि नेपाल र भारतमा एकै साथ प्रदर्शनमा आउन आटेको प्रेम गीत ३ को यसअघि दुवै भाषमा ट्रेलर र टिजर सार्वजनिक भइसकेका छन् ।

अडियो गीतः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *