‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक – Nepal Press

‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र सम्हालिन्छ कहिले मनको शीर्ष गीत सार्वजनिक भएको छ ।

जेम्स प्रधानको संगीत रहेको सो गीत सुगम पोखरेलले गाएका हुन् । गीत पुरानो हो । पोखरेलको आवाजमा रहेको यो गीत यसअघि नै हिट भइसकेको छ । अहिले भदौ १७ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा यो गीत समावेश गरिएको हो ।

गीतमा शब्द सुयश भट्टराईको रहेको छ । भने, एरेञ्ज शैलेश डि. भट्टराईको छ ।

महेश दवाडीले लेखेको फिल्म ‘सम्हालिन्छ कहिले मन’लाई सौरभ लामाले खिचेका हुन् ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्मलाई अमित बस्नेत, अजित कुमार थापा र परी राना मिलेर बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *