सेयर बजारको ओरालो यात्रा कायमै, आज एक कम्पनीमा सकारात्मक सर्किट – Nepal Press

सेयर बजारको ओरालो यात्रा कायमै, आज एक कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । सोमबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आजको दिन नेप्से परिसूचक ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा अडिएको छ । कारोबार रकममा समेत ह्रास आएको छ ।

यस दिन १ अर्ब ७२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । नेप्से परिसुचक र कारोबार रकम दुवै खुम्चदा पनि अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने उचालिएको छ ।

यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मूल्य बढेको यसको सेयर मूल्य २ सय ७३ रुपैयाँ ९० पैसा कायम भएको छ ।

प्रतिक्रिया

One thought on “सेयर बजारको ओरालो यात्रा कायमै, आज एक कम्पनीमा सकारात्मक सर्किट

  1. माओवादी र कांग्रेसको सरकार रहेसम्म शेयर बजार माथि जाने अवस्था देखिएन त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *