सांग्रिला डेभलपमेन्ट बैंककाे सीईओमा दाेहाेरिए श्रेष्ठ – Nepal Press

सांग्रिला डेभलपमेन्ट बैंककाे सीईओमा दाेहाेरिए श्रेष्ठ

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुयोज श्रेष्ठ दोहोरिएका छन् । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले कार्यरत प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई नै ४ वर्षको लागि पुनः नियुक्त गरेको हो ।

भदौ १९ गतेदेखि लागू हुने गरी सीईओ श्रेष्ठलाई नै ४ वर्षका लागि पुनः नियुक्त गरिएको सञ्चालक समितिले बताएको छ ।

बैंकको मुलुकभर ११२ शाखा कार्यालय र ३१ एटीएम रहेका छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रणलाई बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *