वरुण हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ? – Nepal Press

वरुण हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनीले आज भदौ ६ गते देखि १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । साउन १ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । वरुणको हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रवन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *