लेवान्डोस्कीको गोलमा बार्सिलोनाको पहिलो जित – Nepal Press

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको पहिलो जित

काठमाडौं । स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४-१ अन्तरले पराजित गरेको छ ।

पहिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फाती र औसमाने डेम्बेलेले एक-एक गोल गरे । सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए ।

बार्सिलोनाले पहिलो मिनेटमै गोल गरेपनि पहिलो हाफ १-१ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न सफल बार्सिलोनाले तीन गोल थप्यो ।

पहिलो खेलमा रायो भालेकानोसँग रोकिएको क्याटलान क्लबको यो पहिलो तीन अंक हो ।

जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा छ । सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर