एमबाप्पेको ह्याट्रिक, नेमारको दुई गोल र तीन असिस्ट – Nepal Press

एमबाप्पेको ह्याट्रिक, नेमारको दुई गोल र तीन असिस्ट

काठमाडौं । फ्रान्सको घरेलु लिग फुटबल लिग वानमा साबिक विजेता पेरिस सेन्ट जर्मन पीएसजीले यो सिजन सानदार प्रदर्शन कायमै रहेको छ ।

पीएसजीले आइतबार राति भएको खेलमा लिललाई ७-१ गोलले हरायो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे भने नेमारको नाममा दुई गोल र तीन असिस्ट रह्यो । लियोनल मेस्सीले एक गोल र एक असिस्ट गरे । हाकिमीले पनि एक गोल गरे ।

पीएसजीले लिग वानको यो सिजन तीन खेल खेल्ने क्रममा १७ गोल गरेको छ । अघिल्ला दुवै खेलमा समान ५ गोल गरेको थियो । नेमारले ५ गोल र ६ असिस्ट गरेका छन् भने एमबाप्पेको नाममा ४ गोल रहेको छ । मेस्सीले ३ गोल र दुई असिस्ट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर