बैंकमा आधा करोडभन्दा बढी डिम्याट खाता, ४४ लाखद्वारा अनलाइनबाटै सेयर किनबेच – Nepal Press

बैंकमा आधा करोडभन्दा बढी डिम्याट खाता, ४४ लाखद्वारा अनलाइनबाटै सेयर किनबेच

काठमाडौं । सेयर बजारमा सर्वसाधारणको पहुँच दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय सडकदेखि सदनसम्म सेयरकै चर्चा हुने गरेको छ ।

सेयरमा लगानी गरे नाफा पाइन्छ भन्ने धेरैको बुझाइ पनि छ । तर, पछिल्लो समयको सेयर कारोबारको अवस्थाले लगानीकर्तालाई आहत बनाएको विज्ञहरु बताउँछन् । यद्यपि बजार करेक्सनतर्फ गएको र केही समयमा फर्कने आश लगानीकर्तामा छ ।

अहिले आधा करोडभन्दा बढी जनसंख्याको डिम्याट खाता रहेको तथ्यांक सीडीएस एण्ड क्लियरिङ लिमिटेडको छ । सीडीएससीका अनुसार अहिले डिम्याट खाता हुनेको संख्या ५३ लाख ३७ हजार ७७० वटा रहेको छ । ती खातामा ८ अर्ब ८४ करोड ६६ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर रहेको छ ।

सेयर बजारमा २२६ कम्पनी सूचीकृत छन् । विभिन्न नयाँ कम्पनीहरुले पनि धमाधम आईपीओ जारी गरिरहेका छन् । यता नियामक नेपाल धितोपत्र बोर्डले पनि ५ अर्बभन्दा बढीको कारोबार भएका कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने व्यवस्था गरेको छ । यो सँगै सूचीकृत कम्पनीहरुको संख्या पनि वृद्धि हुनेछ ।

यस्तै मेरो सेयरका प्रयोगकर्ता ४४ लाख ३२ हजार ५४७ जना पुगेका छन् । यी प्रयोगकर्ताहरुले सेयर खरिद अनलाइनबाटै गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *