सांग्रिला मुद्धती धमाका योजना- निक्षेपमा १० गुणासम्म प्रतिफल, ८० प्रतिशतसम्म ऋण – Nepal Press

सांग्रिला मुद्धती धमाका योजना- निक्षेपमा १० गुणासम्म प्रतिफल, ८० प्रतिशतसम्म ऋण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । न्यूनतम मौज्दात १० हजारबाट सुरू गर्न सकिने यस योजनाअन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकले यस योजनाअन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने पनि व्यवस्था मिलाइएको छ । बैंकका अनुसार ग्राहकले आफ्नो वचत रकममा कर्जा लिने/दिने दिनसम्म पूँजीकरण गरिएको ब्याज रकम समेत जोडेर ८० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

सीमित अवधिका लागि सञ्चालनमा ल्याइएको यस योजनामा सहभागी हुन चाहने ग्राहकले मुलुकभर रहेको ११२ शाखा कार्यालयहरूमार्फत सुलभ तरिकाले खाता खोली रकम वचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *