नेपाल बैंकका अध्यक्ष ज्ञवालीले लिए सपथ – Nepal Press

नेपाल बैंकका अध्यक्ष ज्ञवालीले लिए सपथ

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले पद तथ गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले ज्ञवालीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

बैंकको सञ्चालक समितिको श्रावण २३ गतेको बैठकले सञ्चालक समिति अध्यक्षमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उक्त अवसरमा गभर्नर अधिकारीले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप भूमिका निर्वाह गर्नुपर्ने बताए ।

अध्यक्ष ज्ञवालीले बैंकलाई आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्यहरु डा. सावित्री रञ्जित श्रेष्ठ, विवेकशमशेर जबरा तथा बैंकका कम्पनी सचिवलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *