एनएमबी म्युचुअल फण्ड अन्तर्गतका योजनाको यस्ता छन् वित्तिय अवस्था – Nepal Press

एनएमबी म्युचुअल फण्ड अन्तर्गतका योजनाको यस्ता छन् वित्तिय अवस्था

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गतको एनएमबि हाइब्रिड फण्ड एल–१ को आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य १३ रुपैयाँ १३ पैसा कायम भएको छ ।

अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । यस योजनाले गत आ।वको लागि २१।०५२६३ प्रतिशत नगद लाभांश समेत घोषणा गरिसकेको छ । मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिसकेको छ ।

एनएमबि फिफ्टी को पनि प्रतिइकाई खूद सम्पत्ति मुल्य १३ रुपैयाँ २८ पैसा कायम भएको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । यसले पनि २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना “एनएमबि सरल बचत फण्ड–इ” रहेको छ । विगत नौ महिना देखि संचालनमा रहेको यस योजनाको २०७९ आषाढमा खूद सम्पत्ति मुल्य ९ रुपैयाँ ११ पैसा कायम गरेको छ ।

साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२” २०७९ श्रावण २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भाद्र ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *