एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमावापत ३० लाख रकम भुक्तानी – Nepal Press

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमावापत ३० लाख रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना मृतकका परिवारले ३० लाख बीमा भुक्तानी पाएका छन् ।

मृतक खातावालका परिवारलाई बीमावापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको हो ।

बीमा लाभ प्राप्त गर्नेमा बैंकको त्रिपुरेश्वर शाखामा बचत खाता खोलेका स्व. शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व. टंकप्रसाद घिमिरेकी श्रीमती डिली मै घिमिरे र सुदूरपश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व. ज्ञानबहादुर चौधरीकी श्रीमती अनिता चौधरीले बीमा भुक्तानी पाएका हुन् ।

निज खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सुदूरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ४६७ जनाभन्दा बढी ग्राहकले घातक रोग बीमावापत २ करोड ४० लाख, दुर्घटना बीमावापत ७० लाख र मेडिकल बीमावापत ३ करोड ३ लाख गरी कुल ६ करोड १३ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *