तीजको अवसरमा नारीलाई सानिमा बैंकको कोसेली – Nepal Press

तीजको अवसरमा नारीलाई सानिमा बैंकको कोसेली

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड,युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिन बैंकले जनाएको छ ।

साथै, लकर शुल्कमा ७५ छुट दिएको छ । यसैगरी पहिलो पिओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *