सरकारद्वारा विश्व बैंक र जापानबाट प्राप्त १४ अर्ब सहायता स्वीकार – Nepal Press

सरकारद्वारा विश्व बैंक र जापानबाट प्राप्त १४ अर्ब सहायता स्वीकार

काठमाडौं । सरकारले विश्व बैंक र जापान सरकारबाट प्राप्त हुने १४ अर्ब ८३ करोड ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

साउन २६ मा बसेको मन्त्रिपरिषदको बैठकले विश्व बैंकबाट एक सय मिलियन अमेरिकी डलर अर्थात १२ अर्ब ७० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र जापान सरकारबाट प्राप्त हुने २ हजार २ सय ५६ मिलियन जापानीज यन अर्थात २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

विश्व बैंकबाट प्राप्त ऋण हरित उत्पादनशील र समावेशी विकासका लागि प्रयोग हुनेछ भने जापानी अनुदान पूर्वी तराईको सिंचाई प्रणाली पुनर्स्थापना आयोजनाका लागि प्रयोग हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *