रियाल मड्रिडमा कार्यकाल सकिएपछि सन्यास लिने एन्सेलोट्टीको संकेत – Nepal Press

रियाल मड्रिडमा कार्यकाल सकिएपछि सन्यास लिने एन्सेलोट्टीको संकेत

काठमाडौं । कार्लो एन्सेलोट्टीले रियाल मड्रिडमा प्रशिक्षकको कार्यकाल सकिएपछि सन्यास लिने खुलासा गरेका छन् ।

सन् १९९२ मा आफ्नो करियर सुरु गरेका ६३ वर्षीय एन्सेलोट्टीले ठूला सफलताहरु अनुभव गर्दै आफुलाई सर्वकालिन उत्कृष्ट प्रशिक्षकको रुपमा स्थापित गरिसकेका छन् ।

उनी यूरोपका शीर्ष चार लिग सबैको उपाधि जित्ने पहिलो प्रशिक्षक हुन् । उन्ले इटालियन क्लब एसि मिलान, इङलिस क्लब चेल्सी, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी), स्पेनिस क्लब रियाल र जर्मन कलब बार्यन म्युनिखबाट उपाधि जितेका एन्सेलोट्टी च्याम्पियन्स लिग इतिहासमा सबैभन्दा सफल प्रशिक्षक पनि हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित भएअनुसार उन्ले प्रशिक्षकको रुपमा अब हासिल गर्न केहि बाँकी नरहेको र अत्ततः रियलमा कार्यकाल सकिएसँगै सन्यास लिने पुष्टि गरेका हुन् ।

‘रियालमा कार्यकाल सकिने बित्तकै म मेरो प्रशिक्षण करियर पनि अन्त्य गर्न चाहान्छु । लस ब्लान्कसपछि म रोकिने छु । रियाल फुटबलको शीर्ष स्थान हो । यो अनुभव पछि आफ्ना् करियर अन्त्य गर्नु अर्थपूर्ण छ,’ उनले भने ।

एन्सेलोट्टीको रियाल मड्रिडसँगको सम्झौता २०२४ मा सकिनेछ । त्यसबेलासम्म उनले रियालको प्रशिक्षण सम्हालन अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर