सिटीको फराकिलो जित – Nepal Press

सिटीको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

घरेलु मैदान इतिहाद रंगशालामा शनिबार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीका लागि इल्काए गुन्डोगन, केभिन डे ब्रुएन र फिल फोडेनले १-१ गोल गरे । एक गोल भने आत्मघाती गोल रहयो ।

सिटीले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर