म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध – Nepal Press

म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे ।

ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो ।

जितपछी ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । लगातारको हारसंगै युनाइटेड पुछारमा छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर