बालोन डी‘ओर अवार्डको मनोनयनमा परेनन् मेसी, बेन्जेमाको बलियो दाबेदारी – Nepal Press

बालोन डी‘ओर अवार्डको मनोनयनमा परेनन् मेसी, बेन्जेमाको बलियो दाबेदारी

काठमाडौं । सात पटकका बालोन विजेता लियोनेल मेसी डी‘ओर अवार्ड २०२२ को मनोनयनमा पर्न असफल भएका छन् । उनी सन् २००५ देखि पहिलो पटक बालोन डी‘ओर मनोनयनबाट बाहिरिएका हुन् ।

बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट सर्मन (पिएसजी) गएका मेसीका लागि पहिलो सिजन खासै राम्रो हुन सकेन जसका कारण उनी बालोन डी‘ओरको मनोनयनमा अटाएनन् ।

पुरुष तर्फको मनोनयनमा ३० भन्दा बढी खेलाडी परेका छन् । रियाल मड्रिडका कारिम बेन्जेमा यस सिजनको बालोन डी‘ओरको बलियो दाबेदार मानिएका छन् ।

यस्तै, महिला तर्फको मनोनयनमा २० खेलाडी परेका छन् ।

बालोन डी‘ओर मनोनयनामा परेका खेलाडीहरु:

ट्रेन्ट एलेकजेन्डर आर्नोल्ड, कारिम बेन्जेमा, जावो कान्सेलो, केसिमिरो, थिबाउट कोर्टुवा, क्रिस्टियानो रोनाल्डो, केभिन डिबु्रयन, लुईस डेइज, फाविन्हो, फिल फोडेन, एर्लिङ हालान्ड, सेबास्टेइन हालर, ह्यारि केन, जोसुवा किमिच, राफेल लिआवो, रोवेर्टो लोवान्डोस्कि, रियाद महेर्ज, माइक माइगनान, सादियो माने, किलेन एम्बाप्पे, लुका मोड्रिक, क्रिस्टोफेर इङकङखु, डार्विन नुनेज, एन्टोनियो रुडिगर, मोहमद साल्हा, ब्रेनार्र्डो सिल्भा, सन ह्युङ मिन, भर्गिल भ्यान डाइक, भिनिसियर जुनियर, डुसान भाल्होभिक

महिला तर्फका मनोनियनहरु:
सेल्मा बाचा, अतिना बोन्माती, मिल्ली ब्राइट, लुसि ब्रोन्ज, काडिडिआटोउ डियानी, क्रिस्टियाने इन्डलेर, आदा हेजरवर्ग, मारिइ एन्टोनिट्टी काटोटो, साम केइर, काटारिना माकारियो, वेथ मेड, भिभिआने मेइडिमा, एलेक्स मोर्गान, लेना ओबरड्रोफ, असिसाट ओसोआला, एलेक्जेन्डर पप, एलेक्सिया पुटेलास, वेन्डि रेनार्ड, ट्रिनिटि रोडमेन, फ्रिडोलिना रोल्फो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर