अष्ट्रेलियाकी कप्तान लेनिङद्वारा खेलबाट विश्राम लिने घोषणा – Nepal Press

अष्ट्रेलियाकी कप्तान लेनिङद्वारा खेलबाट विश्राम लिने घोषणा

काठमाडौं । अस्ट्रेलियन महिला क्रिकेट टिमकी कप्तान मेग लेनिङले सक्रिय खेलबाट अनिश्चितकालीन विश्राम लिने घोषणा गरेकी छन् ।

उनले व्यक्तिगत कारण बताउँदै खेलबाट विश्राम लिन लागेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘दुई वर्ष व्यस्त भएँ अझ आफूमा ध्यान केन्द्रित गर्न समय निकाल्दैछु,’ उनले भनेकी छन् ।

३० वर्षीया लेनिङले कमनवेल्थ गेम्समा अष्ट्रेलियाको नेतृत्व गर्दै स्वर्ण जितेको एक दिनपछि उनले आगामी दिनमा नखेल्ने घोषणा गेरेकी हुन् ।

सन् २०१०मा अन्र्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी लेनिङ सन् २०१४ मा २१ वर्षको उमेरमा अस्ट्रेलियन टिमको कप्तान बनेकी थिइन् ।

उन्को नेतृत्वमा अष्ट्रेलियाले सबै फर्म्याटमा १ सय ७१ खेल खेलेको छ ।
जसमा १ सय ३५ जित हात पार्न सफल भएका छन् । लेनिङले सन् २०१७ देखि पाँच अन्तर्राष्ट्रिय खेलहरु मात्रै गुमाएकी छिन् ।

उनकै नेतृत्वमा अष्टे«लियाले २०२०को टी–२० विश्वकप र २०२२ को एक दिवसीय विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर