लगानी गर्ने पैसा नभएपछि सानिमा बैंकले लियो २ करोड अमेरीकी डलर ऋण – Nepal Press

लगानी गर्ने पैसा नभएपछि सानिमा बैंकले लियो २ करोड अमेरीकी डलर ऋण

काठमाडौं । सानिमा बैंकले अन्र्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग २ करोड अमेरीकी डलर ऋण लिएको छ ।

लगानी योग्य रकमको अभाव भएपछि गत वर्ष नै बैंकले आइएफसीसँग ऋण ल्याउन पहल गरिरहको थियो ।

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एसफइले यो ऋणले नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने बताए । बुधबार एक कार्यक्रमका बीच सानिमा र आइर्एफसीबीच ऋण लिने तथा दिनेसम्बन्धी सहमति भएको छ ।

सानिमा बैंकका सिइओ निश्चलराज पाण्डेले आइएफसीबाट लिएको ऋण लघु साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण लगानी गर्न सहज हुने बताए । बैंकको हाल १२७ वटा शाखा कार्यालय र १२० वटा एटिएम सञ्जाल रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *