नेपाली चियामा भारतीय अंकुश रोक्न आग्रहका लागि देउवा भेट्दै झलनाथ
नेपाल प्रेस
२०७९ साउन २४ गते ९:२४
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालको नेतृत्वमा इलामका चिया उत्पादक र व्यवसायीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको छ ।
बिहान साढे ९ बजे बालुवाटारमा भेट तय भएको छ । नेपाली चियामा अंकुश लगाउने गरी आयातमा भारतले ४० प्रतिशतसम्म कर लगाउने विषय बाहिरिएसँगै सो बारेमा ध्यानाकर्षण गराउन खनाल नेतृत्वको टोलीले प्रधानमन्त्री भेट्न लागेका हुन् ।
हिजो इलामका उत्पादक र व्यवसायीहरूले पूर्वप्रधानमन्त्री खनाललाई भेटेर चियाका समस्या र समाधानका लागि कूटनीतिक पहल गरिदिन अनुरोध गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर