चेल्सी र टोटनहमको सुखद सुरुवात – Nepal Press

चेल्सी र टोटनहमको सुखद सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजनको पहिलो खेलमा चेल्सीले सुखद् सुरुवात गरेको छ।

गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीले महत्त्वपूर्ण तीन अंक जोड्ने क्रममा एभर्टनलाई १-० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गरे ।

यस्तै टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्‍यो।

टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक(एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो ।

खेलमा अग्रता भने साउथह्याम्पटनले बनाएको थियो । १२औं मिनेटमा जे वार्ड प्रोसेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरैबेर टिक्न भने सकेन ।

२१औं मिनेटमा सेसेग्ननले गोल गर्दै टोटनहमलाई खेलमा फर्काएका थिए । यस्तै, ३१औं मिनेटमा डायरले दोस्रो गोल गर्दा टोटनहमले ६१औं मिनेटमा सलिसुबाट आत्मघाती गोल उपहार पाएको थियो । त्यसको दुई मिनेटछि कुलुसेभिस्कीले चौथो गोल गरेपछि टोटनहमले सहज जित निश्चित गर्‍यो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर