मुख्य प्रशिक्षक अलमुलाइरीको अभिव्यक्तिमा रञ्जितको टिप्पणी- अलिकति सरम मान्ने गर्नुस् – Nepal Press

मुख्य प्रशिक्षक अलमुलाइरीको अभिव्यक्तिमा रञ्जितको टिप्पणी- अलिकति सरम मान्ने गर्नुस्

काठमाडौं । राष्ट्रिय फुटबलर रञ्जित धिमालले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीप्रति कडा टिप्पणी गरेका छन् ।

खेलाडी विदेश पलायन हुनुमा सरकार र व्यवस्थापन निकायको दोष भएको अभिव्यक्ति दिएका प्रशिक्षक अलमुलाइरीको अभिव्यक्ति टिप्पणी गर्दै उनले अलिकति सरम गर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा नेपाली फुटबल खेलाडी विदेश पलायन हुनुमा प्रशिक्षक अलमुलाइरीको पनि हात रहेको दाबी गरेका छन् ।

उनले लेखेका छन्, खेलाडी बनेर नेपालमा भविष्य नभएको आशा राख्दै विदेश पलायन भएको बताउँदै आफूलाई असल साबित गरेर फेरी पनि लाजमर्दो कार्य गर्नुभएको छ । एक पटक खेलाडीसँग कुरा गर्न कोसिस गर्नुस्, तपाईँहरूलाई उनीहरू विदेशिनुको कारण थाहा हुनेछ । जसले उनीहरूलाई यहाँ खेलाडीको रूपमा आफ्नो आत्मसम्मान र मूल्यको बारेमा सोच्न बाध्य पारेको छ । उनीहरूले शीर्ष स्थानमा रहन टिम र फुटबलका लागि धेरै मेहनत र योगदान गरे तर अन्तमा तपाईँले खेलाडीलाई के गर्नुभयो ? जुन फुटबलमा लाजमर्दो कार्य थियो ।

तपाई र एन्फाले नेपालमा खेलाडीको कुनै मूल्य नदेखाएपछि उनीहरूले फुटबल छोड्ने निर्णय गरेका हुन् । वा तपाई नेपालमा फुटबल गतिविधिका बारेमा कुरा गर्दै हुनुहुन्छ कत्ति झुट बोल्न सक्नु भएको, अलिकति लाज लाग्दैन ? तपाई त्यो व्यक्ति हैन जस्तो नेपाल सुपर लिग (एनएसएल)रोक्न खोज्नु भयो । हामी सबैलाई त्यो पल याद छ जब एन्फाले एनएसएल गर्न लागेको थियो । 

तपाईँलाई राष्ट्रिय टिमको ट्रेनिङ दुई हप्ता सार्न आग्रह गरिएको थियो । त्यति बेला तपाईँले सबै खेलाडीहरूलाई मिटिङ हलमा बोलाएर एक एक गर्दै तँ एनएसएल खेल्न चाहन्छस् की अबदुल्लाह को टिमबाट भनेर थर्काउनु भएको हैन ? र सबै खेलाडी चुप लागे उनीहरूले एनएसएलका लागि आवाज उठाउन सकेनन् । पछि तपाईँले सर्वसाधारणको ध्यानाकर्षण गर्न आफूले एनएसएल गर्न चाहेको भन्दै पोस्ट गर्नुभयो ।

फुटबल गतिविधि फरक कुरा हो र हामी सबै जना चाहन्छौँ नेपाली फुटबलको विकासका लागि नेपालमा धेरै भन्दा धेरै फुटबल गतिविधिहरू हुन् । तर, यो खेलाडी पलायन हुनु पछाडिको पछिल्लो मुख्य कारण हो ।

अन्यथा यसअघि पनि फुटबल गतिविधिहरू थिएनन् र खेलाडी यसरी विदेश पलायन भएका थिएनन् । तर अहिले भरखरै खेल जीवनमा लागेकाहरू पनि खेल छोडेर सुरक्षित भविष्य खोज्न लागेका छन् । यस पटक खेलाडी शारीरिक हैन मानसिक रूपमा थकित छन् । र यो तियो सत्य हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर