देश छोडेर जाने खेलाडीको दोष छैन, सरकारले नै केही गर्नुपर्‍याे: अल्मुताइरी – Nepal Press

देश छोडेर जाने खेलाडीको दोष छैन, सरकारले नै केही गर्नुपर्‍याे: अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई आग्रह गरेका छन् ।

शनिबार उनले सामाजिक सञ्जालमार्फत आफ्नो भविष्य राम्रो बनाउन खेलाडी विदेश पलायन हुनुमा उनीहरुको दोष नभएको भन्दै सरकारले नै केही गरिदिन आग्रह गरेका हुन् ।

उनले नेपाली खेलकुदको भविष्य जोगाउनको लागि तुरुन्तै ५ देखि ७ जनासम्मको टोली  बनाउन खेलकुदमन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई अपिल गरे ।

‘ म आफ्नो भविष्य राम्रो बनाउन नेपाल छोडेर विदेश गएका खेलाडीलाई दोष दिन्न । म नेपाल सरकारसँग नेपाली खेलकुदको भविष्य बचाउन विनम्र अनुरोध गदर्छु । यस्तै, खेलकुद मन्त्रालय, खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि र विभिन्न संघका पाँचदेखि सात जानाको एउटा टिम बनाई नेपालको समग्र खेलक्षेत्रको विकासका निमित्त यथासिघ लागि पर्न अनुरोध गर्दछु,’ । उनले लेखेका छन् ।

पछिल्लो समय नेपाली राष्ट्रिय खेलाडीहरु आफ्नो सुरक्षित भविष्यको खोजीमा विदेश पलायन हुने संख्या बढ्दो छ । पछिल्लो तीन महिनमा फुटबलका १० भन्दा बढी खेलाडी विदेशिएका छन् ।

समयमा लिग हुने  निश्चित भएका प्रतियोगिताहरु सञ्चालन हुन नदिनुले खेलाडीको भविष्य अन्योल बनेसँगै उनीहरु विदेशिन बाध्य बनेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर