नेप्से ३८ अंकले घट्यो, ३ अर्ब ७६ करोडको कारोबार – Nepal Press

नेप्से ३८ अंकले घट्यो, ३ अर्ब ७६ करोडको कारोबार

काठमाडौं । बिहीबार पनि नेप्से परिसूचक ३८. ६९ अंकले घटेर २१४८.०७ विन्दुमा आएको छ । आजको दिन ३ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

अहिले बजार केही करेक्सन हुनुलाई विश्लेषकहरुले स्वभाविक भनेका छन् । किन भने इन्ट्रा डेमा १८०७ विन्दुसम्म झरेको बजार करिब २२ सय हाराहारीमा पुग्यो । २१५ कम्पनीको ८५ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूह ओरालो लागेको छ ।

२५ करोड २२ लाख रुपैयाँभन्दा बढी सहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र अपि पावर परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *