पिएसजीले सान्चेजलाई भित्र्याउँदै – Nepal Press

पिएसजीले सान्चेजलाई भित्र्याउँदै

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले पोर्चुगिज मिडफिल्डर रेनाटो सान्चेजलाई भित्र्याउने करिब निश्चित भएको छ ।

सन् २०१९ मा बायर्न म्युनिखबाट लियोल पुगेका २४ वर्षीय सान्चेजलाई पिएसजीले डच मिडफिल्डर जिनी विनाल्डमको स्थानमा ल्याउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

गत वर्ष लिभरपुलबाट पेरिस पुगेका विनाल्डमलाई आगामी एक वर्षका लागि रोमाले लोनमा अनुबन्ध गरिसकेको छ ।

करिब २५ मिलियन युरोमा चार वर्षका लागि लियोलमा अनुबन्धित सान्चेजको फ्रेन्च क्लबसँगको सम्झौता करिब एक वर्ष मात्रै बाँकी छ ।

सान्चेजलाई फ्रेन्च हेभिवेट पिएसजीले करिब १५ मिलियन युरोमा अनुबन्ध गर्न सहमति नजिक पुगेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

सान्चेज पिएसजीले यो सरुवा बजारमा भित्र्याएका चौथो खेलाडी हुन् । यसअघि भिटिन्हा, नोर्दि मुकियेले र हुगोे इकिटिकेलाई भित्र्याएको थियो ।

यसअघि सान्चेजलाई इटालियन क्लब एसी मिलान र इङ्लिस क्लब आर्सनलले भित्र्याउन चाहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर