आजदेखि जग्गा धितो राखेर पाउने ऋणमा नयाँ सीमा – Nepal Press

आजदेखि जग्गा धितो राखेर पाउने ऋणमा नयाँ सीमा

काठमाडौं । जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट लागू भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको घरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिदा वा कर्जा नविकरण गर्दा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र काठमाडौ उपत्यकाबाहिर बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्नेछ ।

यसअघि यस्तो अनुपात काठमाडौ उपत्यकाको हकमा ४० प्रतिशत र अन्यको हकमा ५० प्रतिशत थियो ।

प्रतिक्रिया

3 thoughts on “आजदेखि जग्गा धितो राखेर पाउने ऋणमा नयाँ सीमा

  1. खै के हो, मैंले पनि बुझिन। बैंक हरु ले आफ्नो कुल कारोबार को ३०-४० % भन्न खोजेको हो कि के हो। कुरो प्रष्ट पार्नु पर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *